१७ चैत्र २०७२, बुधबार

बेलायती राजकुमार ह्यारी ११ दिने बसाइ सकेर आज बेलुका स्वदेश फर्कदै हुनुहुन्छ । काठमाडौंस्थित बेलायती दूतावासका अनुसार हृयारी आज राति सवा नौ बजेको कतार एयरवेजको विमानबाट स्वदेश फर्कन लाग्नु भएको हो ।

hyarri
ह्यारी हिजो अपरान्ह गोरखाको लापू गाविसबाट काठमाडौं आउनुभएको थियो । उहाँ लैनचौरस्थित बेलायती दूतावासमै बस्नु भएको छ । उहाँले आफ्नो नेपाल बसाई प्रिय रहेको प्रतिक्रिया दिनुभएको छ । नेपालमा रहदाँ ह्यारीले राष्ट्रपति, प्रधानमन्त्रीसंग भेटघाट गर्नुभयो । उहाँले पाटन दरबार स्क्वायर क्षेत्र र भूकम्पले क्षति पु¥याएको भक्तपुर, बर्दीया, पोखरा र भूकम्पले क्षति पु¥याएको गोरखाको भ्रमण गर्नुभएको थियो ।
ह्यारीले पछिल्ला केही दिन भूकम्पले क्षति पु¥याएको गोरखाका विभिन्न विद्यालय र भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाउनुभएको थियो । बेलायती राजकुमार ह्यारी ६ चैतमा नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो । औपचारिक भ्रमण सकिएपछि पनि उहाँले आफू नेपाल बस्न चाहेको भन्दै बसाइ ६ दिन लम्ब्याउनुभएको थियो ।

LIVE TV