१७ चैत्र २०७२, बुधबार

चाहे सरकारी अस्पतालका हुन् वा निजीका, सबै चिकित्सकलाई सातामा एक दिन बिदा बस्ने बसाउने चिकित्सक संघल निर्णण् गरेको छ । त्यसका लागि डाक्टरहरु र सम्बन्धित निकायलाई परिपत्र गर्ने भएको छ ।

doctor-instagram

‘हरेक डाक्टरलाई सातामा एक दिन अनिवार्य बिदा लिन र यसको व्यवस्था मिलाउन सम्बद्ध सबै निकायलाई अपिल गरेका छौं,’ संघका अध्यक्ष डा. अन्जनी झाले भने, ‘डाक्टरहरु २४ घन्टा सातै दिन काम गर्छन् । यसले बिरामीको सेवा त भयो तर गुणस्तर घट्न थाल्यो । कामको चापले डाक्टरहरुको पारिवारिक, सामाजिक जीवन प्रभावित भएका छन् । डिभोर्सका घटनासमेत बढेका छन् । कतिपयको दाम्पत्य असमझदारी र विवाहेत्तर सम्बन्ध बढ्दो छ ।’ डा. झाका अनुसार खासगरी पुरुष डाक्टरका श्रीमतीहरु आफ्नो श्रीमान्लाई सातामा एक दिन बिदा लिन बाध्य पार्ने व्यवस्था मिलाउन दबाब दिएका थिए । मुलुकका ५० प्रतिशतभन्दा बढी डाक्टर बिहानदेखि राति अबेलासम्म व्यस्त हुन्छन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV