१६ चैत्र २०७२, मंगलवार

काठमाडौँ, इपिएस भाषा परीक्षामार्फत दक्षिण कोरिया गई स्वदेश फर्केर नेपालमा महत्वपुर्ण पेशा, व्यवसाय गरी सफल भएका व्यक्तिमा आधारित भएर श्रव्य दृश्य भिडियो प्रतियोगिता आयोजना गरिने भएको छ ।

e
मानवस्रोत साधन विभाग, कोरिीले ईपिएस कोरीया शाखा, नेपालसँगको समन्वयमा सो प्रतियोगिता गर्न लागेको हो । विभागका निर्देशक डिल्लिराम बास्तोलाका अनुसार सफल उद्यमी बन्न सकेका कामदारले आफु स्वदेशमा फर्केर कसरी पुर्नस्थापित भएको र कसरी देशलाई योगदान दिइरहेको छ भन्ने विषय समेटेर पाँच मिनेटको श्रव्यदृश्य तयार पार्नुपर्नेछ ।

प्राप्त श्रव्यदृश्यको मुल्याङ्कन गरी पहिलो, दोश्रो र तेश्रोलाई क्रमशः कोरीयन रुपैयाँ ९बन० एक लाख पचास हजार, एक लाख र पचास हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम हुनेलाई मानवस्रोत साधन विभागले सम्पूर्ण खर्च बेहोरी कोरियामा आमन्त्रित वक्ताका रुपमा बोलाई सफलताको कथा प्रस्तुत गर्ने अवसर दिने छ ।

सो श्रव्यदृश्य आगामी चैत ३० गतेभित्र ईपिएस कोरिया शाखा वा कोरियन ईपिएस सेन्टर नेपालमा बुझाउनुपर्नेछ । रासस

 

LIVE TV