१६ चैत्र २०७२, मंगलवार

काठमाडौँ-  मंगलबार पनि शेयर बजार ओरालो लागेको छ ।

nepse

साताको आइतबार अत्याधिक बढेको शेयर बजार सोमबारदेखि ओर्लिने क्रममा छ । मंगलबार बजारमा ५८ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय २४ वटा कम्पनिको १७ लाख २६ हजार ५ सय ३७ कित्ता शेयर ३ हजार १४ पटक खरिदविक्रि हुँदा ५८ करोड ७१ लाख १४ हजार ७ सय ११ रुपैँयाको कारोबार भएको हो । त्यस्तै, शेयर सूचक ४ दशमलव ७१ अंकले घटेर १ हजार ३ सय ७० दशमलव ०४ अंकमा पुगी बन्द भएको छ ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनिहरुको सूचीको अग्रस्थानमा नेपाल बैँक रहेको छ जसको ३ करोड ८८ लाख ६० हजार ३ सय २६ रुपैँयाको शेयर कारोबार भएको छ । सानिमा बैँक र एभरेष्ट बैँकको कारोबारले पनि ३ करोड नाघेको छ । एनएमबी बैँक, सिटिजन्स बैँक, नविल बैँक, चिलिमे हाइड्रोपावर र नेपाल बंगलादेश बैँकको २ करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैँक र नेशनल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विकास बैँक र फाइनान्स समूहबाहे सबै समुहहरु ओरालो लागेका छन् । विकास बैँक र फाइनान्स क्रमशः ४ दशमलव ६६ र ५ दशमलव ०४ अंकले बढेका छन् । सबैभन्दा धेरै वीमा समूहको शेयर २४ दशमलव ०९ अंकले घटेको छ । होटल, वाणिज्य बैँक र जलविद्युत् समूह क्रमशः ९ दशमलव १५, ८ दशमलव २३ र ५ दशमलव ५ अंकले घटेका छन् । अन्य समूह मंगलबार कारोबारविहिन रह्यो ।

 

LIVE TV