
आजदेखि दैनिक एक घण्टा लोडसेडिङ घट्यो, एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङ घटाइएको विद्युत प्राधिकरणको भनाई
आजबाट दैनिक एक घण्टा लोडसेडिङ घटेको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाएको हो ।
नेपाल विद्युत प्राधिरणले बिहीवारबाट सुरु हुन लागेको एसएलसी परीक्षालाई मध्यनजर गर्दै दैनिक एक घण्टा लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । यसअघि हप्तामा ८४ घण्टा भइरहेको लोडसेडिङ अब भने हप्तामा ७७ घण्टा हुनेछ । लोडसेडिङ घट्न सक्ने गरी नदीहरुमा पानीको वहाव नबढेपनि बैकल्पिक उपाय लगाएर लोडसेडिङ घटाइएको बताइएको छ । अब दिनमा एक घण्टा लोडसेडिङ घटाउन जलाशययुक्त कुलेखानी आयोजनाको पानीलाई अधिकतम प्रयोग गरिनेछ ।