१६ चैत्र २०७२, मंगलवार

जकार्ता, इन्डोनेसियाका दश सैनिक फिलिपिन्समा अपहरणमा परेका छन् । फिलिपिन्समा उनीहरुलाई अपहरण गरी रिहाईका लागि फिरौती मागेका छन् ।

indon_Indonesia_Army

इस्लामिक हतियारधारीहरुले ती सैनिकलाई अपहरण गरेका छन् । जकार्ताका एकजना मन्त्रीले दिएको जानकारीअनुसार इन्डोनेसियाली सैनिकलाई अपहरण गर्ने इस्लामिक बिद्रोहीले त्यसका लागि फिरौतीको माग गरेका छन् ।
इन्डोनेसियाको बोर्नाे टापूबाट फिलिपिन्सतर्फ गइरहेका ती सैनिकलाई समुद्रमा नै हतियारधारीले अपहरण गरेका हुन् । दुईवटा डुंगामा गइरहेका ती सैनिकलाई उनीहरुले अपहरण गरी अज्ञातस्थलमा लगेका छन् ।
इन्डोनेसियाली ती मन्त्रीका अनुसार नियन्त्रणमा लिएर अज्ञात स्थलतर्फ लगेपछि हतियारधारीले इन्डोनेसियाली सरकारसँग फिरौती माग गरेका हुन् ।
ती सैनिकलाई अपहरण गरेर कता लगिएको छ भन्ने बारेमा केही थाहा भएको छैन । तर फिलिपिन्सको अबु सैयब नामक एक सशस्त्र हतियारधारी समूहले फोन गरी ती डुँगाका मालिकसँग फिरौती माग गरेका बताइएको छ ।
उक्त इस्लामिक समूहले के कति फिरौती माग्ने भन्ने बारेमा भने केही पनि बताइएको छैन । उनीहरुलाई गतहप्ता अपहरण गरिएको हो । रासस÷एएफपी

 

LIVE TV