१६ चैत्र २०७२, मंगलवार

इजिप्ट एयरको विमान अपहरणपछि साइप्रसको लार्नाका बिमानस्थलमा अवतरण, ८१ यात्रु सवार विमान अपहरणमा संलग्नको पहिचान हुन बाँकी ।

hijk

इजिप्ट एअरको विमान अपहरणमा परेको छ । विमानलाई साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गरिएको छ ।

इजिप्टको अलेक्ज्याण्ड्रियाबाट कायरोका लागि उडेको एअरबस ए ३२० लाई साइप्रस पु¥इएको इजिप्ट एअरलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिस्फोटक पदार्थ सहितको आत्मघाती बेल्ट लगाएका एक जना यात्रुले विमान नियन्त्रणमा लिई साइप्रस अवतरण गर्न आग्रह गरेका थिए । उनको आग्रह अनुसार चालक दलले विमान साइप्रस पु¥याएका हुन् । विमानको सुरक्षित अवतरण गरिए पनि र बिमानमा सवार सबै ८१ जना यात्रु अपहरणकारीको कब्जामा रहेको अधिकारीहरुले जनाएका छन् । अपहरण कसले र कुन उद्देश्यका लागि गरेको हो थाहा हुन सकेको छैन । घटनापछि लार्नाका बिमानस्थल तत्कालको लागि बन्द गरिएको छ भने बिमानहरु अन्यत्र डाइभर्ट गरिएका छन् ।

LIVE TV