१६ चैत्र २०७२, मंगलवार

‘मिस कोसी’२०१६ को ताज निरुता नेपालले पहिरेकी छन् । अन्तिम चरणको प्रतिस्पर्धामा उत्रेका १४ सहभागीलाई पछि पार्दै उनी अब्बल सावित भएकी हुन् । फस्ट रनरअप जुनिता रञ्जितकार र सेकेन्ड रनरअप भने नीतिक्षा पाठक भए ।

0000000000000000000000000000000000000000000000000000

महेश स्वाँर, द र्‍याम्पका सीईओ जयन सुब्बा मानन्धर, अभिनेत्री क्षितिजा शाक्य, नेपाल प्रहरीका एसपी राजेशलाल कर्ण र जस्मिन हाइजिन प्रोडक्टका डाइरेक्टर पुनित सारडा रहेको निर्णायक मण्डलले अन्तिम परिणाम सार्वजनिक गरेको हो । सन् १९९८ मा सुरु भएको मिस कोसीको संस्करण बीचमा केही समय हुन नसके पनि गत वर्षदेखि निरन्तरता दिएको एड्भरटाइजिङका निर्देशक अमलेश कर्णले बताएका छन्  । करिज्मेटिक एड्भान्टेज एडभर्टइजिङले गरेको प्रतियोगितामा आनका अध्यक्ष सन्तोष श्रेष्ठ प्रमुख अतिथिका रूपमा थिए भने विराटनगरस्थित होटल नमस्कारमा सम्पन्न ग्रान्ड भएको थियो ।

 

LIVE TV