
अमेरिकी लेखक, कवि तथा समिक्षक जिम ह्यारीसनको ७८ वर्षको उमेरमा निधन भएको छ। करिब ३० वटा किताब लेखेका जिमका दुई छोरी रहेका छन् भने उनकी पत्नीको गत वर्ष निधन भएको थियो।’लिजेन्ड अफ द फल’ नामको लघु-उपन्यासका लागि चर्चित जिम ह्यारीसनको शनिवार एरिजोना स्थित आफ्नै निवासमा निधन भएको हो। उनको निधनको कारण भने खुलाइएको छैन्। उनको सो लघु-उपन्यासमा सन् १९९४ मा फिल्म पनि बनाइएको थियो।