१५ चैत्र २०७२, सोमबार

दाङमा दैवि प्रकोपको उच्च जोखिममा रहेको पवन नगर गाविसमा सामुदायिक उद्धारकर्ता उत्पादन गर्न थालिएको छ । प्रत्येक वडामा आठ जनाका दरले सामुदायिक उद्धारकर्ताहरु निमार्ण गर्न लागिएको हो ।

DANG MAP

नेपाल रेडक्रस सोसाइटी विपत पूर्व तयारी प्रतिकार्य परियोजनाअन्तरगत त्यसरी निमार्ण गर्न लागिएका सामाजिक विपद उद्धारकर्ताहरुलाई ६ दिने विशेष तालिमको समेत आयोजना गरिएको छ । ३ दिन उद्धारका चरणहरु र तीन दिन प्राथामिक उपचारको तालिम दिन लागिएको परियोजनाका फिल्ड अघिकृत सन्तोष ढकालले जानकारी दिनु भयो । उहाँले गासिमा ३६ जना सामुदायिक विपद उद्धारकर्ता उत्पादन गर्न लागिएको वताउनु भयो ।

दाङमा यस वर्ष मात्रै ७२ जना साुमदायिक उद्धारकर्ता स्वयम सेवक उत्पादन गरिएको छ । त्यसका लागि परियोजनाले विभिन्न तालिम पनि दिइएको छ । ढकालले समुदाय स्तरमा उत्पादन गरिएका उद्धारकर्ताहरुले समुदायमा हुने विपद जोखिमलाई न्यूनीकरण गर्ने र विपदमा परेकोहरुको पहिलो चरणको उद्धार गर्ने कार्य गर्ने छन । तालिममा सहभागी भएका विपद उद्धारकर्ताहरुले समुदायको अप्ठेरोको साथ दिन आफुहरु उद्धारकर्ताको भुमिकामा रहेको वताएका छन । उनीहरुले समुदाय सेवा भावलाई आत्मासाथ गरिने वताए । ६ दिन सम्म सञ्चालन हुने तालिमले उद्धारकर्ताहरुलाई सक्षम र दक्ष वनाएर समुदायमा छोडने प्रशिक्षक फणेन्द्रराज अधिकारीले वताउनु भयो ।

 

LIVE TV