१५ चैत्र २०७२, सोमबार

काठमाडौँ, अर्थमन्त्री विष्णु पौडेलसँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष विन्काई झाङले आज भेटवार्ता गर्नुभयो ।
अर्थ मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो । एडिबीले ठूला ऊर्जा आयोजना र रणनीतिक सहयोग परियोजना सञ्चालनमा चासो देखाएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले जानकारी दिनुभयो ।

उपाध्यक्ष झाङले भूकम्पपछिको पुनःनिर्माणका विषयमा अर्थमन्त्रीसँग छलफल गरेको थियो ।

एडिबीले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका साथै लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । मन्त्री पौडेलले एडिबीले नेपाललाई प्रदान गर्दैआएको सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो । रासस

 

LIVE TV