१५ चैत्र २०७२, सोमबार

ज्योतिष शास्त्रलाई थप मर्यादित र आधुनिक प्रविधिमय बनाउन आवश्यक रहेको ज्योतिषीहरुकै निष्कर्ष, ज्योतिष शास्त्रलाई कमाउने धन्दा नबनाउन आग्रह

ram-kumar

ज्योतिषीहरुले ज्योतिष शास्त्रलाई थप मर्यादित र आधुनिक प्रविधिमय बनाउन आवश्यक रहेको बताएका छन् । उनीहरुले ज्योतिष शास्त्रलाई कमाउने धन्दा बनाएको भन्दै मर्यादित हुन सवैलाई आग्रह समेत गरेका छन् ।

सोमबारदेखि सुनसरीको इटहरीमा सुरु भएको दक्षिण एसियाली ज्योतिष महासंघको १४ औँ राष्ट्रिय सम्मेलनका वक्ताहरुले विज्ञानले पनि स्वीकारेको ज्योतिष विद्यालाई अविश्ससनीय बनाउन  ज्योतिष नामधारीहरुले नै विकृति फैलाएको बताएका छन । सम्मेलनको उद्घाटन गर्दै भूमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नेपाली ज्योतिषीहरुले खोज र अनुसन्धानमा थप कार्य गर्न आवशयक रहेको बताउनुभयो । असल सभ्यताको सुरुवात गर्ने महर्षि ऋषिहरुको पवित्र भूमि नेपालका विषयमा थप प्रमाणहरु जुटाएर संसारलाई यो पुष्टि गर्नुपर्ने उहाँको आग्रह थियो ।

नेपाल ज्योतिष परिषद पूर्वाञ्चल समितिका सचिव ध्रुव ढकालले समितिको सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा ज्योतिष शास्त्रमा पेशागत मर्यादाको आवश्यकता रहेको, ज्योतिष शिक्षामा परम्परागत प्रविधिलाई रुपान्तरण गर्दै आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने , कमाउने धन्दा भन्दा पनि खोज , अनुसन्धानमा जोड दिनुपर्ने र विभाजित बनेका ज्योतिषहरु एक हुनुपर्ने  लगायतका विषयलाई महत्वपूर्णका साथ उठाइएको छ ।

कार्यक्रममा  दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज बराललाई सम्मान गरिएको थियो । यस्तै सम्मेलनमा करिव एक दर्जन बढि ज्योतिषहरुलाई  महर्षि वाल्मिकीय अवार्डबाट सम्मान गरिएको थियो । उनीहरुलाई मन्त्री सुब्बाले सम्मान गर्नुभएको थियो ।  सम्मेलन मंगलबार सम्म चल्ने छ ।

 

 

LIVE TV