१५ चैत्र २०७२, सोमबार

फिल्म ‘उहिले बाजेको पालामा’ अब वैशाख २४ गतेबाट काठमाण्डौ भित्र र जेठ ७ गतेबाट काठमाण्डौ बाहिरका हलमा रिलिज हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरियो । नेपाली चलचित्रको धार परिवर्तन भएको, २१ औ शताब्दी अनुसार चलचित्र बनाउनुपर्ने चर्चा चलिरहँदा बसन्त जीएमले पुरानो संकृतीलाई संझाउने गरि ‘उहिले बाजेको पालामा’ निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार गणेश वेलवासेले यो फिल्मले पुरानो संकृतीलाई झल्काएको भन्दै दर्शकले हलमा गएर फिल्म हेरेपछि यसलाई मन पराउने विश्वास व्यक्त गरे ।

01212121212

सुनिल मानन्धर कार्यकारी निर्माता रहेको यो फिल्मका निर्माता चेतन कोइराला हुन् भने यादव सैघाली यसका कार्यकारी निर्माता हुन् । फिल्ममा दिलिप रायमाझी, नविन श्रेष्ठ, कमल गाउँले, गणेश वेलवासे, खुश्वु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय छ । नायिका खुश्वु खड्काले यस्तो गहन बिषयमा बनेको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताइन् ।

01201010101

 

LIVE TV