१५ चैत्र २०७२, सोमबार

अल्जेरिस्, अल्जेरियाको दक्षिणी भागमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा १२ जना अल्जेरियाली सैनिकको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

army plane crash

सो दुर्घटना प्राविधिक गडबडीका कारण भएको बताइएको छ । मि –१७१ हेलिकोप्टर दक्षिणपश्चिमी प्रान्त अदरारमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
सहायक रक्षामन्त्री एवम् सेना प्रमुख अहमद गइद सलाहले दुर्घटनाको कारण तत्काल अनुसन्धान गर्न आदेश दिइएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सन् २०१४ को फेब्रुअरीमा पनि पूर्वी अल्जेरियामा भएको एक सैनिक विमान दुर्घटनामा कम्तीमा ७७ व्यक्तिको मृत्यु भएको थियो ।
सोही बर्षको अक्टोबरमा देशको दक्षिणी भागमा सैनिक तालिममा सम्लग्न दुई विमान आकासमै जुधेर भएको दुर्घटनामा परी केही सैनिकको मृत्यु भएको थियो । रासस÷एएफपी

 

LIVE TV