१५ चैत्र २०७२, सोमबार

बारामा यात्रुवाहक बस र कार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

accident sketch

आज बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बाराको अमलेखगन्जमा पूर्वतर्फ आउँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरिततर्फ जाँदै गरेको ना ३ च ८०९७ नम्बरको कार एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा काभ्रे महादेवस्थानका ४२ वर्षीय ध्रुब कार्की र कारमा सवार उदयपुरको कटारी–२ की ३७ वर्षीया लालकुमारी स्वस्तिका पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  स्वस्तिका पोखरेल पद्मकन्या क्याम्पस काठमाडौंकी स्ववियु सभापति हुन् । उनको घटनास्थलामा नै मृत्यु भएको छ ।

दुर्घटनामा उदयपुरको त्रिवेणी–२ का ३५ वर्षीय गोविन्दबहादुर बुढाथोकी र सोही ठाउँका ३२ वर्षीय प्रदीप पोख्रेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । बस र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LIVE TV