१५ चैत्र २०७२, सोमबार

फिल्म ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ । अष्ट्रेलियाका ८ शहरहरुमा यो फिल्म प्रदर्शनमा आउने पक्का नै भएको छ । यस्तै अमेरिकाका पनि अन्य शहरहरूमा प्रदर्शनको तयारी भाईइरहेको निर्देशक तथा निर्माता आचार्यले जानकारी दिए ।   नेपालमा चैत्र २६ गते रिलिज हुन लागेको यो फिल्म अमेरिका र अष्ट्रेलियामा समेत एकैसाथ प्रदर्शन हुन लागेको हो । बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो फिल्मको पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको रहेको छ । निर्माताका अनुसार प्रदर्शन पुर्व नै आफ्नो लगानी उठाईसकेका छन् । नेपालमा मात्रै यो फिल्म ८५ लाख रूपैंयामा बिक्री गरिएको छ ।

Nai-Nabhannu-La-4-Poster

फिल्ममा प्रियंका कार्की, सरोज खनाल, पल शाह, वर्षा राउत, आँचल शर्मा, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । लगातार तेस्रो सिक्वेलसम्म हिट भएको ‘नाईं नभन्नु ल’को यो चौथो सिरिज पनि हिट हुने अनुमान लगाईएको छ ।

Nai-Nabhannu-La-4-Poster-Watch-Full-Movie-Online

LIVE TV