१५ चैत्र २०७२, सोमबार

पछिल्लो समयमा नेपाली फिल्मका निर्माताहरुमा फिल्म रिलीज गर्नु अगावै आफ्नो फिल्मको अफिसियल प्रोमो सार्वजनिक गर्ने चलन रहेको छ । त्यस्तै फिल्म ‘बाजिगर’ को अफिसियल प्रोमो पनि सार्बजनिक भएको छ । फिल्म ‘बाजिगर’को निर्माण पक्षले प्रेसमिटको आयोजना गर्दै फिल्मको प्रोमो सार्वजनिक गरेका छन् । ‘बाजिघर’ फिल्ममा जीवन लुईटेल, अनु शाह, सञ्जोग कोईराला, निस्मा घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ‘बाजिगर’ फिल्मलाई रञ्जित राणा मगरले निर्देशन गरेका हुन् । फिल्म ‘बाजिगर’को प्रोमो सार्वजनिक कार्यक्रममा  उपस्थित निर्देशक राणाले शाहरुख खानको चर्चित बलिउड फिल्म‘बाजिगर’ सँग फिल्मको नाम मिले पनि कथाबस्तु भिन्न रहेको बताएका छन्, साथै नेपाली ‘बाजिगर’ फिल्ममा कथाबस्तुहरुलाई फरक रुपमा प्रस्तुत गरिएको बताए ।
Bazigar-2
‘बाजिगर’फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा फिल्मका नायक जीवन लुईटेल निकै खुशि मुद्रामा देखिए । पछिल्लो समयमा नायक लुईटेल पर्दामा खासै जम्न नसकेपनि ‘बाजिगर’ फिल्मले भने आशा देखाएको छ । त्यसोत नायक जीवन कहिले अमेरीका र कहिले नेपाल गरीरहँदा उनि फिल्म क्षेत्रबाटनै पलायन हुनेत होईन भन्ने चर्चा बारम्बार चलिरहेको छ । ‘बाजिगर’ फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा उपस्थित नायक लुईटेलले फिल्म क्षेत्रनै उनको पहिलो रोजाई रहेको बताए । त्यस्तै फिल्म क्षेत्रबाट कहिल्यै टाढा नरहने बताएका छन् ।
Bazigar-12
‘बाजिगर’फिल्मलाई रञ्जित राणा मगरको निर्देशनमा शेखर कोईरालाले निर्माण गरेका हुन् । भिन्दै कथाबस्तु रहेको फिल्म ‘बाजिगर’मा बसन्त सापकोटाले संगीत दिएका छन् । ‘बाजिगर’ फिल्मको नायिका अनु शाह पनि निकै खुशि मुद्रामा उपस्थित भएकी थिईन् । पुराना निर्मातारु सँग काम गरेपनि आफुलाई निकै सजह भएको बताईन् । साथै फिल्म ‘बाजिगर’ विभिन्न शैलीका फिल्म मन पारउने दर्शकहरुका लागि भएको पनि उनले बताईन् । ‘बाजिगर’ फिल्मको सम्पादन भने बनिष शाहले गरेका हुन् । फिल्ममा रहेका नृत्यहरुलाई कबिराज गहतराजले निर्देशन गरेका छन्, भने फिल्मको सिसनेमाटोग्राफि मदन कास्याप घिमिरेको रहेको छ । शेखर कोईरालाले निर्माण गरेका फिल्म ‘बाजिगर’ बैशाख १७ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा फिल्मका कलाकारहरुका साथै फिल्मको निर्माण टोली र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LIVE TV