१५ चैत्र २०७२, सोमबार

महोत्तरीको बर्दिबास नगरपालिका–११ मा रात्री बस रोकिराखेको ट्याक्टरमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ७१८९ नम्बरको रात्री बस आज बिहान बर्दिबास नगरपालिका ११ मा उखु लोड गरी रोकिराखेको ज १ त ७०८९ नम्बरको ट्याक्टरमा ठोक्किएको हो । दुर्घटनामा घाइते ११ जना मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका काठमाडौका कुमार श्रेष्ठ र सुलभ राईलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको भने जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Accident11
यसैवीच, बर्दिबास नगरपालिका–११ मै आज बिहान काठमाडौंबाट धरानतर्फ जाँदै गरेको ना ५ ख ९१३५ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ११ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

LIVE TV