१५ चैत्र २०७२, सोमबार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला उनको समूहले काठमाडौंमा छुट्टै भेला गरेपछि पार्टीभित्र नयाँ बहस सुरु सिर्जना भएको छ । मदन भण्डारी फाउन्डेसनको व्यानरमा संस्थापनले जनताको बहुदलीय जनवाद र संवृद्धिको यात्रा शीर्षकमा अनमोल क्याटरिङमा शनिबार भेला गरिएको थियो ।

pm oli china

भेलामा सचिव प्रदिप ज्ञवाली, पृथ्बी सुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकालसहित चार सय नेता कार्यकर्ता सहभागी थिए । संस्थापनबाट निर्वाचित केद्रीय सदस्य, आयोगका सदस्यहरु, जिल्ला अध्यक्ष, प्रतिनिधित्व नभएका जिल्लाबाट उपाध्यक्ष र सचिव, विभिन्न जनसंगठनका प्रमुख तथा पदाधिकारी सहभागी थिए । भेलामा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।देशकै नेतृत्वका गरिरहेको केपी ओलीले पार्टीभित्र पनि गुटको बैठक बोलाएको एमालेभित्र असन्तोष बढेको छ । आजको नयाँ पत्रिका दैनिकबाट  ।

LIVE TV