१५ चैत्र २०७२, सोमबार

बेलायती राजकुमार ह्यारी गत बिहीवार गोरखाको थमी गाविसको सोती बजारमा गाडीबाट उत्रिएपछि उकालो, ओरालो, भीर पहरा छिचोल्दै अनकन्टार लापु गाविस-३ को लापुबेसी पुगे। त्यहाँ ६ महिनाअघिदेखि टिम रुबिकम युके नामक संस्थाले प्रभात किरण माविको भवन निर्माण गर्दै थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

Prince-Harry-AP-640x480

भवन निर्माण गर्न बेलायती सेनाका १३ जनाले श्रमदान गरिरहेका थिए। अहिले पनि त्यहाँ मिसिएर भवन बनाउन श्रमदान गरिरहेका छन्। ह्यारीले आइतबार दिनभर जंगलबाट आधा घण्टाको बाटो काठ बोकेको प्रधानाध्यापक जिीव गुरुङले जानकारी दिए।

 

उनका अनुसार ह्यारीको टिमले ११ कोठे विद्यालय भवन बनाइदिनेछ। अहलिे निर्माणाधीन चार कोठे भवनको झ्याल ढोका राखिसकिएको छ। छाना राख्न मात्र बाँकी छ।

 

विद्यालयको भवन एक वर्षअघि भूकम्पले तहसनहस बनाएको थियो। भवन भत्किएपछि त्यहाँ अध्ययनरत दुई सय पाँच जना विद्यार्थीको विचल्ली छ।

 

LIVE TV