१५ चैत्र २०७२, सोमबार

उत्तरी अफगानिस्तानको नान्गार्हार प्रान्तमा आइतबार ५३ जना सशस्त्र लडाकूले आत्मसमर्पण गरेका छन् ।
‘आज हाम्रीले ५३ जना सशस्त्र विद्रोहीहरुलाई स्वागत गरेका छौं, ती मध्ये ४३ जना तालिवान आतङ्ककारी र १० जना इस्लामिक स्टेटका आतङ्ककारी रहेका छन्, ती सबै सशस्त्र विद्रोहीहरुले द्वन्द्व छोडी सरकारको पुनःनिर्माण र शान्ति प्रक्रियामा लाग्न आत्मसमर्पण गरेका छन् ’ प्रान्तीय उच्च शान्ति परिषदका प्रमुखले मलिक नजिरले बताउनुभएको छ ।

taliban-war

ती पूर्व आतङ्ककारीहरु नान्गार्हार प्रान्तको आचिन, नाजिआन, सिन्वार र पचिर हगाम जिल्लाहरुमा गत दुई बर्षदेखि आतङ्ककारी क्रियाकलापमा संलग्न रहदै आएका नजिरले बताउनु भएको छ ।

अर्को हप्ता पनि अरु थप आतङ्ककारीहरुले आत्मसमर्पण गर्ने अनुमान गरिएको पनि नजिर बताउनु भएको छ ।

एक समारोहबीच पूर्वलडाकूलाई गरिएको यस स्वागत कार्यक्रममा ती ५३ जना आतङ्ककारीले आ–आपूmसँग रहेको हातहतियार स्थानीय अधिकारीहरुलाई बुझाएका बताइएको छ ।

नान्गार्हार प्रान्तीय गभर्नर सलिम खानले आत्मसमर्पण गर्ने ती लडाकूहरुलाई रोजगारीको प्रवन्ध मिलाई दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

तालिवान लडाकूलाई द्वन्द्व परित्याग गरी शान्तिको बाटोतर्फ लगाउने उद्देश्यले सन् २०१० मा उच्च शान्ति परिषदको स्थापना भएयता १० हजारभन्दा बढी तालिवान आतङ्ककारीले द्वन्द्वलाई त्यागी सरकारको पुनःनिर्माण शान्तिको मार्ग पहिल्याएका छन् । रासस÷सिन्ह्वा

 

LIVE TV