
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितसहित २७ जनालाई ५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । सरकारी स्वामित्वमा रहेको साझा यातायातका अध्यक्षसहितका पदाधिकारीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन ०५९ लाई चुनौती दिएपछि अख्तियारले कारबाही गरेको प्रवक्ता कृष्णहरि पुष्करले बताए ।
अख्तियारका अनुसार सम्पत्ति विवरण नबुझाएर काराबाहीमा पर्ने सञ्चालन समितिका सदस्यमा शुक्रबार जोशी, बन्दना थापा, भुषण तुलाधर, रुद्र पौडेल, माधवराज घिमिरे, मनोहरजी रौनियारलगायत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।