१४ चैत्र २०७२, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण आर्थिक र सम्वन्ध विस्तारको दृष्टिकोणले सफल र उपलव्धिमुलक भएको बताउँनुभएको छ । नेपालमा अव आर्थिक विकासको आधार थप बलियो हुने उहाँको कथन छ । आठ दिन लामो चीन भ्रमण सम्पन्न गरी आईतवार अपरान्ह स्वदेश फर्कनुएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै चीन भ्रमणले आर्थिक विकासको मार्ग खोल्नुका साथै नेपाली सपनालाई बलियो बनाएको बताउँनुभयो । मुख्यगरी चीनसंग भएको पारवहन र यातायात सम्झौता दीर्घकालीन महत्वको भएको ओलीको भनाई छ । चीन नेपालको अत्यन्त नजिकको मित्र भएको चर्चा गर्दै ओलीले अव सम्झौता भएका कुराहरुको कार्यान्वयनतर्फ लाग्ने प्रतिवद्दतापनि व्यक्त गर्नुभयो । वाईट.
यस्तै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले चीन र भारत दुवै मुलुकसंग विशिष्ट सम्वन्ध राखेर नेपाल अगाडि बढ्दा मुलुकले धेरै फाईदा लिन सक्ने बताउँनुभयो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनसंग महत्वपूर्ण सम्झौताहरु गर्नुभएको थियो । यस्तै गरी प्रधानमन्त्री ओलीले चिनिया लगानीकर्ताहरुलाई लगानीकोलागि नेपालमा उपयुक्त वातावरण रहेकोप्रति विश्वस्त बनाउने प्रयास पनि गर्नुभएको थियो ।

LIVE TV