
-गणेश पाण्डेय, लन्डन ।
सोलुखुम्बु घर भएका ७३ वर्षीय भूपू गोर्खा सैनिक दुर्गाबहादुर राई लन्डन वेष्टमिनिष्टरबाट हराएको खवरले बेलायत को नेपाली समुदाय मा सन्त्रास छाएको छ । २५ तारिक सुक्रबार का दिन भूपू गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि एक बिशाल प्रदर्शन गरेका थिए र सोहि प्रदर्शन मा सहभागी हुन दुर्गाबहादुर अल्डरसटबाट लन्डन आएका थिए ।
अल्डरसटबाट बस रिजर्भ गरि आएको समूहमा सामेल राई प्रदर्शन पछि घर फर्कने क्रममा नभेटिएपछि खैलाबैला नै मच्चिएको थियो | सत्याग्रह समितिका कार्यवहाक संयोजक सूर्य नेम्वांगले उनी हराएपछि खोजी तीव्र पारिएको र परिवारले प्रहरीमा उजुरी समेत गरिसकेको बताए । सत्याग्रह समितिका अभियन्ता ज्ञान राज राईले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन । तेस्तै ति वृद्धका परिवार र सत्याग्रह समितिले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गर्दै उहाँको बारेमा केहि जानकारी प्राप्त भएमा निम्न सम्पर्क नम्बरमा जानकारी गाराउनको लागि अनुरोध गरिएकोछ । सुर्य नेम्वांग – 07525729585 श्रीमती दुर्गा राई – 0755364169 लन्डन ।