१३ चैत्र २०७२, शनिबार

ताप्लेजुङ, तेह्रथुमको लालीगुराँस नगरपालिका–१० मा आज दिउँसो भएको आगलागीमा परी एक बालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

fire death
लालीगुराँस नयरपालिका–१० स्थित गोपाल मगरको गोठमा अपराह्न ३ बजेतिर अचानक आगलागी हुँदा गोठनजिकै खेलिरहेका मगरका तीन वर्षीय छोरा सुशन मगरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सुशनसँगै खेलिरहेका स्थानीय तीन वर्षीय मौसम श्रेष्ठ र अर्का चार वर्षका चिरायु मगर घाइते भएका छन् । घाइतेमध्ये मौसमको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अर्का बालक चिरायुको अवस्था सामान्य रहेकाले स्थानीयरुपमा नै उपचार भइरहेको छ । रासस

 

LIVE TV