१३ चैत्र २०७२, शनिबार

काठमाडौँ- डाक्टरलाई भगवान मान्नेहरुको कुनै कमी छैन । कसैलाई शारीरिक स्वास्थ्यको रुपमा गाह्रो साह्रो पर्दा आशाको केन्द्र भनेकै डाक्टर मानिन्छ । तर पछिल्लो समयमा त्यही भगवानतुल्य मान्ने डाक्टरहरुमाथिको भरोसा भने कम हुँदै गएको छ ।  रोग निको पार्ने डाक्टरकै लापारवाहीबाट बिरामीको ज्यानै जान थालेपछि यसरी सर्वसाधारणको भरोसा कम हुने मात्र होइन स्वास्थ्य सेवामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

patan

शनिवार पाटन अस्पतालमा सामान्य हात फ्र्याक्चर भएर अस्पताल पुगेका एक वृद्धको निधन भएपछि अस्पतालमा दिनभर तनावपूर्ण वातावरण रह्यो । लगनखेलस्थित ठटी टोलमा बस्ने ७२ वर्षीय राजु पुजारी फ्रयाक्चर भएको हातलाई जोडन अस्पताल पुगेका थिए । अस्पताल पुगे लगत्तै कुनै चेक जाँच विना नै उनलाई त्यहाँको डाक्छरले सुई हालिदिए । सुगरको विरामी समेत रहेका पूजारीलाई सुगरको बिरामीको लागि बर्जित सुई दिएपछि शनिवार ने उनको मृत्यु भयो । अस्पतालले डाक्टरले प्रयोग गरेको सुई र डाक्टरको नाम सार्वजनिक गरेको छैन ।

बिरामीकाको रिपोर्ट हेर्दा रिपोर्टमा सुईको नाम कतै लेखिएको छैन । त्यति मात्र होइन चेक जाँच गर्ने डाक्टरको नाम समेत नबुझिने अक्षरमा केरमेट गरेको पाइएको छ । त्यसो त नेपालमा डाक्टरले लेखेको कुनै पनि प्रेसक्रिप्सनका अक्षर बुझ्न निकै गाह्रो छ । तर, मृतकका परिवारले भने डाक्टरको नाम नयन महर्जन भएको दाबी गरेका छन् ।

अस्पताल प्रशासनले यसबारेमा मिडियालाई खबर नगर्न समेत आफूलाई दबाब दिएको मृतकका छोराको दाबी छ । उनले गोप्य छलफलमा खिचेको तस्वीर पनि न्यूज २४ लाई उपलब्ध गराएका छन् ।

अस्पताल र चिकित्सकको सामान्य लापारवाहीबाट सामान्य विरामीको ज्यानै जानु अक्षम्य गल्ती हो । तर गल्तीलाई स्वीकार्दै सहजीकरण गर्नुको साटो अस्पताल प्रशासनले घट्नालाई गोप्य राख्न खोज्नुबाट धेरै प्रश्न चिन्हहरु उठेको छ । डाक्टर र अस्पतालको काम सकभर जीवन बचाइदिनु हो न कि कसैको ज्यान लिनु । यसप्रति अब सम्बन्धित निकाय गम्भीर बन्नैपर्ने बेला आएको छ ।

 

LIVE TV