१३ चैत्र २०७२, शनिबार

कञ्चनपुर, देखतभूली गाविस–६ तिलकीपट्टिमा दातृ निकायको सहयोगमा जडीबुटी प्रशोधन कारखाना जडान गरिएको छ ।
निड्स नामक गैरसरकारी संस्थाको रु पाँच लाख २० हजारको सहयोगमा भारतको उत्तर प्रदेश बाराबंकीबाट यन्त्र खरिद गरी जडान गरिएको हो । यन्त्र राख्नका लागि स्थानीय समुदायले रु चार लाख ३७ हजारको लगानीमा पाँच कठ्ठा १७ धुर जग्गा समेत खरिद गरेका थिए । जग्गा खरिदका लागि उखु खेती, खर बिक्री र काठे पुल सञ्चालन गरेर आएको आम्दानीबाट लगानी गरिएको इटाहा विपद् व्यवस्थापन समितिका अध्यक्ष बालसुग्रीव रानाले बताउनुभयो ।

यन्त्र जडान भएपछि समितिमा आबद्ध ६० जनाले सामूहिक रुपमा पाँच बिघा जग्गा भाडामा लिएर जडीबुटी खेती गर्ने तयारी गरेका छन् । “व्यावसायिक खेतीका लागि बेर्ना राख्ने कार्य गरिएको छ”– अध्यक्ष रानाले भन्नुभयो, “एक साताभित्रै मेन्थाका बिरुवा लगाउछौंँ ।”रासस

 

 

LIVE TV