१३ चैत्र २०७२, शनिबार

‘सवैको अधिकार , युवालाई रोजगार, यसका लागि औधोगीक करण हो आधार’ भन्ने मुल बिषयलाई आत्मसाथ गर्दै   संस्थागत र संगठित रुपमा दल धर्म जात क्षेत्र लिंग भन्दा माथी उठेर योग्यता सिप क्षमता र सटिर्फिकेट बोकेका युवा सोच भएका सबै खालका व्यक्ती व्यक्तीत्व समेटेर अघि बढ्ने लक्षसहित  ‘रोजगारी र समृद्धिका  लागी आर्थिक क्रान्तिको अभियानमा’  युवाहरु संगठित हुन थालेका छन्  ।

ro1

हिजो जंगबाहादुरको आवाजबाट निक्लेको आर्थिक क्रान्तिको शब्दलाई  व्यावहारतः कार्यन्वयन गर्न र गराउन राज्यले पनि बौदीक भनेका र आफुले आफैंलाई  बौद्धिक  मान्ने त्यो तप्का एक चोटी समयले दिएको जिम्मेवारीलाई  बहन गर्न आफ्ना लागि आफैं र राष्ट्र र माटोका लागि एक जुट र संगठित भएर कार्यन्वनका लागि दबाब समुह वा योजनकार समुहका रुपमा उठ्नु पर्छ भन्ने निष्कर्ष सहित किर्तिपुरको  त्रिभुवन विश्वविद्यालयलाई  आधार केन्द्र बनाइ विगत केहि महिना देखी हजारौंको संख्यामा बौद्घीक जमघट गरी संगठीत रुपमा हाल देखीएको मूल  समस्या  बेरोजगारी न्यूनीकरणका लागि शान्तिपूर्ण ढंगले सम्बन्धित क्षेत्रलाई दबाब दिन यस्तो अभियान   संचालन गरिएको अभियानका  केन्द्रीय संयोजक चन्द्र बहादुर थापाले बताए   ।

कान्तिपथसंगको कुराकानीमा थापाले भने – ‘बेरोजगारी समस्या समाधान नै सवै समस्याको समाधान हो   किनकी नेपालमा यदि बर्ग छ भने त्यो एक मात्र बर्ग छ बेरोजगार बर्ग यसको व्यवस्थापन नेपालमै सम्भब छ भन्ने निष्कर्ष सहित राज्यलाइ दबाब दिने बिभिन्न रचनात्मक कार्यक्रम सहित यो अभियान अघिबढेको छ ।’

नेपाल र नेपाली प्राकृतिक रुपमा जती धनी छन सांस्कृतीक र सामाजीक रुपमा त्यतीनै धनी हुँदा हुँदैपनि  हामी नेपालीलाई  नियतबस वा नजानेर  कहिले राणाका नाममा कहिले राजाका नाममा कहिले पंचायतका नाममा कहिले प्रजातन्त्रका नाममा कहिले गणतन्त्रका नाममा र कहिले लोकतन्त्रका नाममा देश र यो देशका जनतालाई  दिनानुदीन कंगाल बनाउँदै यो देश र  जनतालाई  बेच्ने र यो देश लाई नै असफल राष्ट्र बनाउने खेल खेलिएको र आज पनि राजनितिका नाममा सत्ता भत्ता जथ्थाको रियलसल भइरहेको अभियानका अर्का अभियन्ता भुवन संगमले बताए  ।

ro2

नेपाल स्रोत साधनको हिसाबले विश्वकै प्रमुख दशमा पर्छ । भर्खरै विश्वले नेपाललाई  पर्यटनको लागि पहिलो गन्तव्यको रुपमा घोषणा पनि  गर्यो । सगरमाथाको पानीलाई मात्र राज्य द्वारा  व्यवास्थित ग री विश्वबजारमा बेच्ने हो भने हामी कोही पनि नेपाली खाडीमुलक वा अमेरीकन वा युरोपीयन मुलुकमा थ्री डी काम गर्न एकाइसौं शताब्दीका दास बनेर बेचीनु नपर्ने अभियानको दाबि छ  ।

‘देशमा  हजारौं स्रोतहरु जस्तै पानी, खनीज, जंगल, जडिबुटि, हावापानी, बुद्घ, सगरमाथा,  धर्म संस्कृती जो विश्वकालागी दैनीक जीवनमा आवश्यक र खोजीका बिषयहरु हामीसंग  हुँदा हुँदै पनि  विश्वमा माग्ने अनि दोस्रो दर्जाको नागरीक बन्ने, अर्काको देशमा भेडा बाख्रासरी मोलमोलाइमा बेचीनु पर्ने जहाँ लगभग २५ बर्ष अघि नेपालले चामाल दाल जस्ता खाध्यान्न सामाग्री निर्यात गथ्र्यो त्यो देश दक्षीण कोरीयामा २ महिना उसको भाषा टुटे फुटे सिकाएर छानी छानी शारिरीक र बौदीक रुपमा सबल र सक्षम युवालाइ लेवर बनाइ मासीक १लाख ५० हजार तनाखामा काम लाउन सक्ने त्यसै गरी त्यै मलेशियाले ३ बर्षे सम्झोैता गरेर नेपालीलाई  छानी छानी काम लाउन मिल्ने जो त्याहाँको भाषा, संस्कृति , भुगोल, धर्म केही पनि थाहा हुँदैन तर हामी नेपाली नेपाल भित्रै जन्मीयौ हुर्कीयौ राज्यले निर्माण गरेको शिक्षा घर खेत र बाबुआमाको पसीना रगत बेचेर २० बर्ष लगाएर हाँसील गर्योैं तर त्यो ब्याचलर, डिग्री, एमफील,डाक्टरका सटिफिकेटहरु कोरीयन र हिब्रु भाषाका बेषिक कोर्ष बन्न थाले र हामी आफ्नो देशका कर्णधार बन्नु पर्ने ठाँउमा अरु कसेैका कर्णधार बन्न बाध्य बनाइएको छ  र  । बिभिन्न खाले बाहानमा भइराखेका ७७ प्रतिशत उधोग पनि आज बन्द छन ।

ro3

आज पनि नेपालमा ७१ प्रतिशत जनसंख्या कृषिमा आधारीत छ । वा नेपालको प्रमुख अर्थतन्त्रको स्रोत कृषि हो।’ अभियानका सक्रिय सहभागीहरु बताउछन ।

अभियान संयोजक थापा भन्छन – बिडम्वना भन्नुपर्छ विरगंजमा भएको एक मात्र कृषि औजार केन्द्र पनि बन्द छ । कृषिलाइ चाहिने राशायनीक मल वा कम्पोष्ट मलका उध्योग हरु खोल्ने त राज्यको ध्यानै छैन जो एउटा सार्वभौम राष्ट्रका लागी सामान्य कुरा हो । किनकी नेपाल भन्दा पछि जन्मेका मुलुकहरु या केहि बर्ष अगाडी मात्र नेपाल भन्दा कयौं गुणा गरीव राष्ट्रहरु अन्तरीक्षमा मानव बस्ती बसाउन शुरसार गरीसके । हामी यती धेरै सबै ठाँउ बाट धनी हुँदा हुँदै पनि दुइ छाक पेट भरी खाएर खुशीसाथ परीवारसँग बस्न नस्कने बनाइएको छ ।

नेपालमा आजपनि १ करोड ९२ लाख ५६ हजार बेरोजगारहरुलाइ रोजगार दिन सकिने  तर नेपालको बेरोजगार संख्या १ करोड १७ लाख मात्र छ जो आधाजती बिदेशमा छन उनीहरु नेपाल फर्कदा बेरोजगार हुन्छन र आधा आज नेपालमेै बेरोजगार बनी पिल्सीएका छन । हाल बन्द गरीएका ७७ प्रतिशत उधोग मात्र खोल्ने हो भने ६ महिना भित्र २५ लाख १० हजार बेरोजगारहरुले रोजगार पाउने  अभियन्ता भुवन संगमले दाबि गरे  ।

उदाहरण स्वरुप हेटौंडा कपडा उधोग ,चोभार सिमेन्ट उधोग, धागो कारखाना बुटवल , कृषि औजार केन्द्र विरगन्ज , नेपाल औषधि लि.काठमाडौ, भृकुटि कागज उधोग नवलपरासी आदी आदी उधोगहरुलाई  लिन सकिन्छ । त्यसैगरी योग्यता क्षमता सीप र सटिफिकेटलाई  पुँजीको रुपमा स्वीकारी ऋणको व्यवस्था गरी स्वरोजगार बन्ने व्यवस्था गरे मात्र देश र नेपाली समृद्घ हुन बेर लाग्दैन भन्ने कुरामा रोजगारी र समृद्दीका लागी आर्थिक क्रान्ति को अभियानका अभियान्ता दाबि गर्दछन ।

लगानीकर्ता पुँजीपती र व्यवसायीहरुको २० औं बर्ष देखिको माग पनि पहिलो नेपाली माटो सुँहाउदो अर्थनिति र राज्य दवारा लगानीको सुरक्षा भए सवै बेरोजगारलाई  उपयुक्त रोजगार दिन सकिन्छ भन्ने निश्कर्ष अभियानको छ  ।

सरकार र दलहरु यी माथीका सत्य तथ्यलाई  कुल्ची बिभिन्न नाममा बेचीने र बिक्ने काम भइरहँदा अव नेपाली जनता बाटै अझ भनु भने जनता भित्र पनि बौद्धिक क्षेत्र बाट कसैलाई  सत्तामा स्थापीत वा विस्थापीत गर्ने राजनिती खेल वा जनतालाई  विभाजीत गर्नै दलीय राजनिती खेलमा नलागी सामाजीक रुपमा सामाजीक वा बौद्धिक आन्दोलन मार्फत नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अर्थराजनिति प्राप्तिका लागि रचनात्मक ढंगको, जसले बाटो बन्द नगरोस बरु बन्द बाटो खुलाओस , जसले उधोग बन्द नगरोस बरु बन्द उधोग खुलाओस, गाडीहरुमा तोडफोड ,ढुँगा मुडा ,आगजानी नहोस बरु त्यस्तो दुसाहास गर्ने लाइ तह लगाओस, कसैलाई  भत्काएर होइन बनाएर बराबर हुने चेष्टा गरोस, जसकालागि श्रम र पूँजीको समायोजन हुनुपर्ने अर्का अभियन्ता अम्बिका घिमिरेले बताए  ।

पलायन पुँजी र पलायन श्रमको नेपाल भित्रै फ्युजन गरी आर्थिक क्रान्तिको बाटो निमार्ण गर्नुपर्छ । तब मात्र औधोगीकरण हुन्छ ।औधोगीकरण सँगै रोजगार सिर्जना हुन्छ, रोजगार सँगै समृद्धी हुन्छ, समृद्धी सँगै राष्ट्रियता हुन्छ, राष्ट्रियाता सँगै स्वाभिमान हुन्छ । नभए भोको पेटको राष्ट्रियता र दरीद्र सोचको शिक्षाले स्वभिमान दिर्घकालीन बन्न सक्देैन । यीनै तथ्य र सत्यहरुलाइ हातमा र गाथमा राखेर रेडीमेड बौदीक बर्ग वा किनीएका बौदीक वर्ग होइन ग्राउन्डबाट नै पिल्सिएका उत्पीडीत बौदीक बर्ग र व्यवसायी उधोगी बर्ग आफ्नो मुक्तीकालागि संगठीत रुपमा रचनात्माक ढंगले दुइवटा शक्तिशाली हतियार पहिलो योग्यता सीप क्षमता र सटिफिकेट दोस्रो एकीकृत आवाज लिएर एकातिर सडक सडकमा हाम्रो योग्यता क्षमता सीप सटिफिकेट अनुसारको काम चाहियो भन्दै बेरोजगारहरु र अर्कातिर हाम्रो लगानीको सुरक्षा र माटो सुहाँउदो अर्थनीति भए हामी सबै खालका बेरोजगारलाई  उपयुक्त काम दिन्छौं वा स्वरोजगार बनाउन सकिन्छ भन्दै व्यवसायी उधोगी लगानी कर्ता पुँजिपतिहरुको  आवाज दवारा ३ करोड नेपालीको आवज बुलन्द गर्दै सबै जिल्ला, अन्चल क्षेत्र र प्रदेशमा र कलेज कलेज मा संगठन निर्माण प्रक्रियालाई  तिब्रता दिईरहेको अभियन्ता संगम बताउछन ।

यी आवाज हरुलाई  राज्यले बेवास्ता  गरे अरु विभिन्न खाले रचनात्मक संघर्ष गर्दै बैशाख को अन्तिम सम्ममा ५० औंको संख्यामा भोक हड्तालमा  बस्ने तयारीमा लागेको अभियानले जनाएको छ  ।

अभियानको  दाबी छ – यदी बम्बइमा बेचिएकी नेपाली नारी कतारमा बेचिएको युवा दास सदाकालागि नेपालमै बस्ने बाताबरण मिल्छ भने आजसम्म आधा पेटमा बाँचेका हामी केही दिन पुरै भोकै बस्न तयार छौं । ‘हामीलाई  कुनै स्ववियु सभापती, सांसद, मन्त्रि, प्रधानमन्त्रि वा राष्ट्रपति चाहिएको छैन मात्र रोजगार स्वरोजगार र श्रम र पुँजीको समायोजन भित्र औधोगीकरण सहित राज्यको संरक्षणमा नेपाल भित्रै बाँच्ने र रमाउने आधार चाहीएको हो’ अभियन्ताहरु भन्छन ।

‘रोजगारी र समृदीका लागि आर्थिक क्रान्ति’का अभियान्ताहरु को बुझाइमा जहाँ राजनीति अराजनितितिर धकेलिन्छ त्यहाँ सामाजिक वा बौद्धिक  आन्दोलन मार्फत आमुल परीवर्तन भइ देश बचाउन र राष्ट्र निमार्ण गर्न सम्भव  छ । यो बौदीक बहस र बौदीक संगठन र समग्र राज्यकै विषयलाई  सरकार र तत तत निकायदवारा सम्बोधन  नभए यो अभियान  बौदीक संर्घष र आन्दोलनको रुपमा रुपान्तरण समेत हुनसक्ने अभियानले चेतावनी दिएको छ  । यसका लागि अभियानले काठमाडौँ उपत्यकाका  विभिन्न  चोक चोकमा सचेतना  तथा प्रचार प्रसार कार्यक्रम समेत संचालन जारि रहेको अभियानले जनाएको छ ।

LIVE TV