१३ चैत्र २०७२, शनिबार

भारतमा जारी विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई हराउँदै वेष्टइन्डिज सेमिफाइनलमा, दक्षिण अफ्रिकामाथि वेष्टइण्डिजद्धारा ३ विकेटको जित दर्ता

west-indies

भारतमा जारी विश्वकप टिट्वान्टी प्रतियोगितामा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै वेष्टइन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । उसका लागि क्विनिसन डे ककले सर्वाधिक ४७ रन बनाए । यस्तै डेभिड वायर्सले २८ तथा मोरिसले १६ रन बनाए । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि स्यामुएल्सले सर्वाधिक ४४ रनको पारी खेले ।

यस्तै जोह।सन चार्लेसले ३२ रन बनाए । क्रिस गेल चार रनमा आउट भए । समूह १ मा सबै तीन खेल जितेको वेष्ट इन्डिज ६ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । यस्तै समान खेलबाट इंल्याण्ड चार अंकसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका र श्रीलंका समान २–२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । अफगानिस्तान अंक विहीन छ ।

LIVE TV