१३ चैत्र २०७२, शनिबार

इराकको फुटबल स्टेडियममा आत्मघाती विस्फोट, २९ जनाको मृत्यु, ६०जना घाइते, विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो 

reuters_nocredit

इराकको एक फुटबल स्टेडियममा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । बग्दादको दक्षिणी क्षेत्रमा रहेको इसकन्दरिया बजारको फुटबल स्टेडियममा विस्फोट भएको हो ।

विस्फोटनमा परि अन्य ६० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणकारीले फुटबल खेल सकिए लगतै आफूलाई विस्फोट गराएको प्रहरी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फुटबल खेल सकिएपछि ट्रफी वितरण भइरहेका बेला आत्मघाती आक्रमणकारीले विस्फोट गराएको प्रहरी अधिकारीले बताएका छन् । घटनामा ज्यान गुमाउनेमा इसकन्दरियाका मेयर पनि रहेको समाचार संस्था एएफपीले जनाएको छ । बग्दादबाट ४० किलोमिटर दक्षिणमा रहेको इसकन्दरिया बजार शिया समुदायको बाहुल्यता रहेको क्षेत्र हो ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । इराकको उत्तरी तथा पश्चिमी क्षेत्रको ठूलो भूभाग नियन्त्रणमा लिएको आइएसले शिया समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

 

LIVE TV