
बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन लम्ब्याएका छन्। नेपाली आत्मीयता र प्रेमले लोभिएका उनी अहिले भूकम्प पीडितका ग्रामीण बस्तीमा उनीहरुका दुःख बाँडिरहेका छन्। नागरिक दैनिकमा समाचार छ।
नेपालप्रतिको उनको यो अनुराग यहाँ आएपछि हठात् जागेको होइन। उनी त ६ वर्षअघि नै नेपाल आउने मनस्थितिमा रहेछन्। त्यति बेला उनको आफ्नो व्यवस्तताले अबरोध गर्यो।
अर्को चाहिँ नेपाल–बेलायतका सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा त्यो चाहना साकार हुन पाएन। शुक्रवार गोरखाको उत्तरी क्षेत्र पुगेका उनले स्थानीयसँग आफ्नो चाहनाको पोको फोरे। ‘म ६ वर्ष अघि नै यहाँ आउन चाहन्थे तर मिलेन,’ उनले भने।