१२ चैत्र २०७२, शुक्रबार

गोरखा, औपचारिक नेपाल भ्रमण सकेर केही दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गर्नुभएका बेलायती राजकुमार ह्यारी उत्तरी गोरखाको लापु गाविस–३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुट्नुभएको छ ।

HARRY IN
बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले आज बिहानदेखि अपराह्नसम्म ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो । बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ । राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ । रासस

 

LIVE TV