१२ चैत्र २०७२, शुक्रबार

सरकार बनाउने र गिराउने खेलमा भन्दा संविधानको सफल कार्यान्वयनमा लाग्न पुष्पकमल दाहालको आग्रह, प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिपूर्ण

Prachanda1

पर्सा-  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले सरकार बनाउने र गिराउने खेलमा भन्दा पनि संविधानको सफल कार्यान्वयन लागि राष्ट्रिय एकताको खाँचो रहेको प्रष्ट पार्नु भएको छ । उहाँले समृद्ध नेपाल निर्माणका लागि संविधानका सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

क्रान्तिकारी पत्रकार संघ पर्साले आयोजना गरेको पत्रकार सम्मेलन र वीरगंजको आदर्शनगर रंगशालामा शुक्रबारबाट शुरु भएको दोस्रो वीरगंज महोत्सव तथा व्यापार मेलाको उद्धघाटन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीन र भारत भ्रमण अपेक्षित र उपलब्धिमूलक रहेको दावी गर्नुभयो । उहाँले चीनसंग भएको सम्झौताले मुलुकमा दूरगामी महत्व राख्ने पनि प्रष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले राजनीतिक परिवर्तन पछि अब मुलकलाई आर्थिक क्रान्ति र समृद्धिका लागि अगाडि बढउनु पर्नेमा जोड दिनुभयो । लामो मधेस आन्दोलन पछि सुस्ताएको वीरगञ्जको व्यापारलाई महोत्सवले माथि उकास्नेमा आफु विश्वस्त रहेको पनि उहाँको धारणा थियो ।

अध्यक्ष दाहालले मुलुकको विकास र आर्थिक समृद्धिका लागि कांग्रेस सहितको राष्ट्रिय सरकार अहिलेको आवश्यक्त रहेको बताउनु भयो । यसैबीच दाहालको वीरगञ्ज आगमनको विरोधमा आन्दोलनत मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा जुलुस प्रदर्शन गरेका थिए ।

 

 

LIVE TV