१२ चैत्र २०७२, शुक्रबार

काठमाडौँ-  त्यसो त फिल्म मनोरञ्जनका लागि बनाइन्छ र हेरिन्छ । तर कुनै कुनै फिल्महरु वास्तविकता र यथार्थसँग नजिक भइदिदा जीवन्त लाग्छ । अझ त्यसमा कलाकारहरुको उम्दा अभिनय भइदिए दर्शकको मनमा त्यसता फिल्मको प्रभाव बढी पर्दछ । जस्तो शुक्रवारदेखि रिलिज भएको पत्रकार डब्बु क्षेत्री निर्देशित फिल्म राहदानी हेर्न पुगेका  कृषि मन्त्रि हरीबोल गजुरेललाई फिल्मको विषय र जीवन्त अभिनयले यति प्रभाव पारिदियो कि उनी फिल्म हेरेर बाहिरिदा समेत केटाकेटी जस्तै गरि भक्कानिएर रोए ।

0123

पछिल्लो समयमा फिल्मका निर्माताहरुमा च्यारिटी शो गर्ने चलन बढेसँगै बिग मुभिजमा फिल्म ‘राहदानी’को च्यारीटी शोको आयोजना गरिएको  थियो । ‘राहदानी’ फिल्मको च्यारीटि शोमा कृषि मन्त्रि हरीबोल गजुरेल पनि उपस्थित भएका थिए । बिदेशिएका नेपालीहरुको बास्तबिक कथाबस्तुहरुलाई निकै मार्मिक ढंगमा प्रस्तुत गरिएको ‘राहदानी’ फिल्मले मन्त्री गजुरेल कतिसम्म प्रभावित भए भने फिल्म हेरिसकेपछि उनले मन थाम्न सकेनन् र  भक्कानिएर रोए । ‘राहदानी’ फिल्मले आफ्नो मन छोएको उनले प्रतिक्रिया दिए ।

012

नेपालीहरुले बिदेशीनुको बाध्यात्मक परिस्थिति र बिदेश गईसकेपछि भोग्नुपर्ने समस्याहरुलाई यथार्थ रुपमा ‘राहदानी’ फिल्मले प्रस्तुत गरेको छ । ‘राहदानी’ फिल्मको निर्देशक डब्बु क्षेत्रीले न्युज २४ टेलिभिजनसँग कुरा गर्दै फिल्म ‘राहदानी’ हजारौं नेपालीहरुको बास्तबिक कथासँग नजिक रहेकोले फिल्मको कथाबस्तुले मन्त्री गजुरेलको मन छोएको हुनाले रोएको बताए ।

त्यस्तै ‘राहदानी’ फिल्मका निर्माता लक्ष्मीप्रसाद ढकालले पनि मन्त्री गजुरेल बिदेश गएको समयमा बिदेशीएका नेपालीहरुको दुख देखेको र त्यही कथा राहदानी फिल्मको पर्दामा हरेर कमलो मन भएको हुनाले रोएको बताए ।

‘राहदानी’फिल्ममा दयाहाङ राई, अशोक रिजाल, नविन लाम्साल, मोनिका दाहाल,बिकास जोसी, दिनेश दुलाल,लक्ष्मणबिक्रम बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

 

 

 

 

LIVE TV