
भूकम्प प्रभावित जनताको घर निर्माणका लागि दिने भनिएको रकम उपलब्ध गराउन अझै ढिलाई, अझै केही समय लाग्ने पुनर्निर्माण प्राधिकरणको प्रष्टोक्ति
काठमाडौँ- बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण लाखौ घरहरु सहित भौतिक संरचनाहरु ध्वस्त भए । जसका कारण हजारौ मानिसहरु घरबार विहीन हुन बाध्य भए । राहत स्वरुप सरकारले भुकम्प पीडितहरुको लागि घर निर्माणको लागि दुई लाख रुपैया अनुदान दिने घोषणा गरेको थियो । तर एक बर्ष बित्न लाग्दा पनि भूकम्प प्रभावित जनताले राहत पाउन सकेका छैनन् । जस्को कारण पीडितहरुमाथि थप पीडा थपिएको अनुभूति सर्वत्र गरिन थालिएको छ ।
राजधानी लगायत भुकम्प प्रभावित जिल्लाहरुमा घर निर्माणको लागि सरकारको तर्फबाट घोषणा गारिएको कुनै पनि कार्यक्रम कार्यन्वयनमा आएको छैन । सरकारले भूकम्प पीडित जनताको लागि अनुदान दिने भनेको २ लाख रुपैयाँ पनि पीडित जनतामा नपुग्दा उनीहरुमा निराशा छाएको छ । यही ढिलासुस्तीले सरकार प्रति प्रश्नका धेरै चाङहरु थपिदा छन् । पीडित जनताका लागि घर निर्माणका निम्ति दिने भनिएको सहुलियत ऋाण पनि उपलब्ध हुन सकेको छैन । तर सरकारले गरेको घोषणाको कार्यन्वयन कहिलेबाट हुने भन्ने थाहा नभएको कारण पीडित जनता थप अन्यौलमा परेका छन । सरकारले घर बनाउन रकम दिने सुनेका सर्वसाधारण जनता बर्ष दिन बित्न लाग्दा पनि रकम हात नपरेपछि विश्वास गर्न छाडेका छन् । घर बनाउन सरकारले दिने भनेको अनुदान रकम कुर्ने कि आफै बनाउने भन्ने अन्यौलमा भइरहेका बेला सरकारले भने ग्रामीण बस्तीहरुबाट अनुदान दिन सुरु गर्ने योजना रहेको पुनर्निर्माण प्राधिकरणका प्रवतmा रामप्रसाद थपलियाले बताउनु हुन्छ । उँहाले आउँदो मनसुनसम्म घरनिर्माणका लागि दिने भनिएको अनुदान वितरण प्रक्रिया ढिला हुने भएकाले भुकम्प प्रभावित सर्वसाधारणलाई त्यस समयसम्मका लागि आफैले जोहो गर्न र सतर्क रहन सुझाव दिनुभयो ।
बैंक तथा वित्तीय संस्थाहरुलाई घर बनाउन दुई प्रतिशतमै ऋण उपलब्ध गराउन सरकारले निर्देशन दिएको भएपनि विभिन्न कारणबश कार्यान्वयन हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले उपत्यकाभित्र २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँ सहुलियतमा दिने घोषणा कार्यान्वयन हुन सकेको छैन । थपलियाले भुकम्प प्रभावित जिल्ला दोलखाबाट प्रति घर २ लाख रुपैया अन्र्तगतको पहिलो सहुलियत स्वरुप ५० हजारबाट सुरु गरिने जानाकारी दिनुभयो । उँहाका अनुसार ग्रामीण भेगबाट भुकम्पप्रतिरोधात्मक घर बनाउन अनुदान वितरण गरिने छ । उँहाले जग्गा प्राप्तीसम्बन्धी समस्या लगायत अन्य विविध कारणले घरनिर्माणमा अनुदान प्रक्रिया ढिलो भएको स्वीकार गर्नु भयो ।
सरकारले घरवारबिहीनहरुका लागि आवासको व्यवस्था गर्न सहुलियत दरमा अनुदान उपलब्ध गराउने नीति लिएको भएपनि बर्षदिन बित्नै लाग्दासमेत घर निर्माणको लागि कुनै पनि अनुदान वितरण नहुँदा उपत्यका भित्र र राजधानीबाहिरका भुकम्प पीडित जनता निकै सास्तीपुर्ण जीवन बाच्न बाध्य भएका छन । जसले गर्दा प्रभावित जनताले थप सकस भोग्नु परेको छ ।