१२ चैत्र २०७२, शुक्रबार

काठमाडौँ-   नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी अझै नसेलाईसकेको अवस्थामा संसदीय दलको नेताको नेतृत्वलाई लिएर आन्तरिक जोडघटाऊ शुरु भएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल दुवै आफुलाई दावेदारकोरुपमा अगाडि बढाउँदै आन्तरिक कसरतमा जुटी सकेका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउने भन्दापनि नेतृत्वकोलागि मात्र रस्साकस्सी हुने कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रियामा पनि आन्तरिक ध्रुविकरण चर्किने संकेत स्पष्ट देखिएको छ ।

g]kfnL sfFu|];sf] s]lGb|o ;ldltsf] a}7s cfh kf6L{ s]lGb|o sf{ono ;fg]kf nlntk'/df gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf klxnf] a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f,/f;;

१३ औं महाधिवेशनको राप र ताप अझै सेलाईसकेको छैन् कांग्रेसमा । लोकतन्त्रमा जित र हार स्वभाविकै भएपनि नेपाल जस्तो देशमा जहाँ पार्टीहरुभित्र आन्तरिक लोकतन्त्र निकै कमजोर अनुभूत गरिदै आएको छ , त्यस परिस्थितिमा जित्नेमा अनुचित दभ्भ देखिने र पराजित हुनेले सजिलै हार स्वीकार नगर्ने प्रवृत्ति प्रष्ट छ । यो संस्कारको सघन प्रयोग कांग्रेसमा लामो समय देखि हुँदै आएको थियो ।

देउवा र पौडेल सभापतिको दौडमा भिडिसकेपनि राजनीतिक लडाई अझै सकिसकेको छैन् । भावी सरकारको नेतृत्वकोलागि महत्वपूर्ण मानिने मुलुककै ठूलो पार्टीको संसदीय दलको नेता चयन प्रक्रियाको सरगर्मी कांग्रेसभित्र शुरु भईसकेको छ । त्यसकोलागि दुवै नेताहरु आफ्ना पक्षमा वातावरण तयार गर्न व्यापक भेटघाट र लविङमा जुटिसकेका छन् । कांग्रेसभित्र स्वथ्य प्रतिस्पर्धा निर्माण गर्न धेरै नै मेहनत र त्यागको आवश्यकता पर्ने जानकारहरुको भनाई छ ।

नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति भएको अवस्था एकदमै कम छ । जव भएको छ त्यति वेला सभापति र संसदीय दलका नेताबीच चरम राजनीतिक मुडभेडको अवस्था सिर्जना भएको इतिहास छ । हुन त त्यसै पनि कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, स्वस्थ्य प्रतिष्पर्धा, अनुशासन र पारदर्शीताको एकदमै अभाव छ झनै फरक फरक व्यक्ति सभापति र संसदीय दलको नेता भएको अवस्थामा कांँग्रेस कता जाला यसै भन्न सकिन्न् ।

कांग्रेसमा कुनै पनि आन्तरिक चुनावलाई लिएर चरम विभाजित हुने र त्यो तुष सदा देखिरहने अत्यन्त अमर्यादित संस्कार विद्यमान छ । कांग्रेसभित्रको खराव संस्कारले मुलुककै लोकतन्त्रलाई कमजोर बनाएको डरलाग्दो इतिहास छ ।

मुलुककै ठूलो लोकतान्त्रिक पार्टीले संसदीय दलको नेता चयनमा बलियो आदर्श र व्यवहार स्थापित गर्न सके निश्चितरुपमा यसले सिङ्गो राजनीतिलाई नै सही दिशावोध गर्नेछ ।

 

LIVE TV