
काठमाडौँ- इन्टरनेटको दुनियाँमा जायन्ट सर्च इन्जिन गुगलले विश्वमा नै चर्चित र अग्लो शिखर सगरमाथा चीनमा पर्ने भनि गुगल म्यापमा देखाउँन थालेकोप्रति विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरुले सगरमाथा नेपालमा भएको तथ्यलाई बङ्ग्याएर नियतवश चीनको भूगोलमा देखाएर गम्भीर भूल एवम त्रुटी गरेकाले त्यसलाई तत्काल सच्याउन गुगलको ध्यानकर्षण गराएको छ ।
सुनसरी जिल्लामा सक्रिय सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरुले शुक्रवार गुगलको विरोधमा इटहरीमा विरोध र्याली निकालेका हुन् । र्यालीले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य मुख्य स्थानको परिक्रमा गरेको थियो ।
गुगलका कार्यकारी निर्देशक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारण नेपालको बदनाम गराउन वा चीन र नेपालबीच बेमेल गराउने नियतले त्यसो गरिएको हुनसक्ने भन्दै प्रदर्शनकारीहरुले यदि त्यसो भए त्यो गुगलको ज्यादै ठूलो भूल र गल्ती ठहरिने बताए ।
लीपछि इटहरी चोकमा भएको कोणसभामा नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव बाबुराम सुवेदीले गुगलले जानेर वा नियतवश गम्भीर भूल गरेकाले त्यसलाई सच्याउनुपर्ने बताउँनुभयो । नेपाल सरकारले पनि त्यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै गुगलको सो कदमलाई सच्याउन सचेत हुनुपर्ने धारणा राख्नुभयो ।