काठमाडौँ- ग्यास बिक्रेताहरुले नाकाबन्दीका समयमा अनुमति बिना ग्यास उद्योगहरुले २० लाख नयाँ सिलिन्डर बजारमा ल्याएको दाबी गरेका छन् । ग्यासको अभाव हटाउनेबारे शुक्रबार आपूर्ति मन्त्रालयमा भएको बैठकमा ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले यस्तो दाबी गरेका हुन् ।
ग्यास बिक्रेताले नाकाबन्दीका समयमा अनुमतिबिना उद्योगहरुले २० लाख नयाँ सिलिन्डर बजारमा ल्याएको कुरा बाहिरिएसँगै आपुर्ति मन्त्रालय त्यस भनाइप्रति कडारुपमा उत्रिएको छ । उद्योगहरुले नाकाबन्दीका समयलाई नयाँ सिलिन्डर बजारमा पु¥याउने अवसर बनाएको आरोप लगाएको जनाएको छ । आयात कोटा, ग्यास सिलिन्डर संख्याका वितरण प्रणालीको तादम्यता नहुँदा उद्योगीले अभावका बेलमा सँधै नयाँ सिलिन्डर बजारमा आएको आपुर्ति मन्त्रालयले जनाएको छ ।
नाकाबन्दी पछि भएको ग्यासको कालोबजारीका बारेमा बोल्दै आयल निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले आयल निगमसँग अनुमति नलिई उद्योगले सिलिन्डर थप्न नपाउने तर, नाकाबन्दीको मौका छोपेर नयाँ सिलिन्डर बेचेको बताउनुभयो । उहाँले नाकाबन्दीका समयमा सिलिन्डर रिफिलिङ गर्न भन्दा नयाँ सिलिन्डर बेचेर उद्योगहरुले करोडौं कमाएको बताउनुभयो ।
त्यसैगरी बैठकमा आपूर्ति मन्त्री गणेशमान पुनले असोजमा ४ हजार टन रहेको ग्यास आयात चैत महिनामा २५ देखि ३० हजार टनमा पुग्ने दाबी गर्नुभयो । आपूर्ति सुधार्न भारतसँग महिनामा ४० हजार टन ग्यास मागिएको बताउँदै उहाँले ३५ हजार टनसम्म आयात गर्न सकिने बताउनुभयो ।
मन्त्री पुनले पाँचखालका १० हजार टनको ग्यासको भण्डार स्थापना गर्न लागिएको जानकारी समेत दिनुभयो । उहाँले स्मार्टकार्ड लागू गर्ने देखि ग्यास सहज गर्न आपूुर्ति गर्न सकिनैे सबै उपाय लगाउन आफु लागि पर्ने दावी गर्नुभयो ।