१२ चैत्र २०७२, शुक्रबार

बुटवल, उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएको पारवाहन सम्झौता नेपालका लागि ऐतिहासिक सफलता भएको बताउनुभएको छ ।

CHITRA
आजदेखि बुटवलमा सुरु भएको प्रगतिशीत पत्रकार सङ्घको तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सझौताले अब नेपालको एउटै देशमाथिको परनिर्भरताको अन्त्य हुने जिकिर गर्नुभयो ।

गरिबी निवारण एवम् सहकारी विकासमन्त्री केसीले मुलुकको आर्थिक विकासका लागि सहकारी आन्दोलनमा जोड दिँदै उदारीकरण र निजीकरणका नाममा मुलुकमा गरिबी बढेको र युवा जनशक्ति रोजगारीका लागि बिदेसिन बाध्य भएको बताउनुभयो ।

दुईदिने भेलामा देशभरिका ५२ जिल्लाका १०५ प्रतिनिधिको सहभागिता रहेको सङ्घका रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV