१२ चैत्र २०७२, शुक्रबार

पर्सा,  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले राष्ट्र निर्माण गर्ने बेला विरोधका लागि मात्र विरोध गर्ने परिपाटी अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

Prachanda1

दोस्रो वीरगन्ज महोत्सव व्यपार मेला २०७२ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुक बनाउन र नेपाली जनताले चाहेको आर्थिक उन्नति हासिल गर्न सबै राजनीतिक दल एक हुनाको विकलप नभएको बताउनुभयो ।

उहाँले आन्दोलनरत मधेसी मोर्चालाई आन्दोलन छाडी वार्ता र संवादका माध्यमले रानीतिक संयन्त्रको मद्दतबाट सीमाङ्कन लगायत विषय समाधान गरी राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गर्नुभयो ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै मधेस आन्दोलनबाट उठेका सीमाङ्कन लगायत मागलाई सक्दो चाँडो सम्बोधन गर्न पहल गरि प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रासस

LIVE TV