१२ चैत्र २०७२, शुक्रबार

बोको हरामद्धारा अपहरित ८ सय भन्दा बढी नाइजेरियाली सेनाद्धारा मुक्त, बोको हरामविरुद्धको कारवाहीलाई तीब्रता दिएको सेनाको दावी

BOKO HARAM

नाईजेरियाली सेनाले इस्लामिक अतिवादी बोको हराम विद्रोहीद्धारा अपहरण गरिएका ८०० भन्दा बढी मानिसहरुलाई मुक्त गरेको बताएको छ । विद्रोही विरुद्धको कारवाही जारी रहेको पनि नाईजेरियाले जनाएको छ ।

नाईजेरिया लगायतका केही अफ्रिकी मुलुकहरुमा बोको हराम विद्रोहीहरुले चरमरुपमा हिंसा मच्चाईरहेका छन् । विद्रोही विरुद्ध नाईजेरियाली सेनाले गत हप्तावाट भीषण कारवाही चलाईरहेको छ । सेनाको आक्रमणमा परी सय भन्दा बढी विद्रोहीहरु मारिएको नाईजेरियाली सरकारले बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । सेनाले चलाएको क्लियरेन्स अपरेसनको दौरानमा सयौं विद्रोहीहरु मारिनुका साथै ८०० जना भन्दा बढी निहत्था मानिसहरुलाई विद्रोहीको नियन्त्रणवाट मुक्त गरिएको सेनाले जानकारी दिएको छ ।

अफ्रिकाको बलियो अर्थतन्त्र रहेको नाईजेरियामा विगत आठ बर्षयता इस्लामिक अतिवादी समूहरुले सुरक्षा चुनौती खडा गरेको छ । सन् २००९ यता बोको हरामको आक्रमणमा परी नाईजेरियामा बीस हजार भन्दा बढीको मृत्यु भईसकेको छ । बोको हराम विद्रोेहीले नाईजेरियावाहेकपनि सोमालिया, कङ्गो लगायतका अफ्रिकी मुलुकहरुमा समेत आतंककारी गतिविधिहरु गर्दै आएको छ ।

बोको हराम विद्रोहीलाई संयुक्त राष्ट्र संघलेसमेत आतंकवादी सूचीमा राखेको छ । त्यस्तैगरी अमेरिका, बेलायत र फ्रान्सले पनि बोको हरामलाई आतंकारी सूचीमा राख्दै विद्रोही विरुद्धकोे कारवाहीमा सवै किसिमका सहयोगहरु गर्ने बताईएका छन् ।

LIVE TV