१२ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको छिमेकी राष्ट्र चीनको भ्रमण अपेक्षा गरिएअनुसार उपलब्धिमूलक हुन नसकेको आरोप लगाउनुभएको छ ।

????????????????????????????????????
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भए पनि सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएकाले जलस्रोत, सञ्चार, यातायात, मानव संशाधनको विकास र तत्कालीन आवश्यकतामा केही प्राप्त हुन नसकेको बताउनुभयो ।

अध्यक्ष यादवले नेपालको चीनसँग सधैँ राम्रो सम्बन्ध रहिआएको बताउँदै अहिले भएको १० बुँदे सम्झौतामध्ये धेरै कुरा दुई देशबीच पहिला नै प्रस्ताव भएको थियो, यसपटक हस्ताक्षर मात्र भएको हो भन्नुभयो ।

उहाँले छिमेकीसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढनुपर्नेमा जोड दिँदै सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अहिले अर्थतन्त्र कालोबजारीले समानान्तर रुपमा चलाएको बताउनुभयो । (श्रव्य सामग्री उपलब्ध छ ) रासस

 

LIVE TV