
काठमाडौँ, बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ मा शौचालयबाट निस्कने दिसापिसाबाट बायोग्यास उत्पादन गर्ने कार्यको सुरु भएको छ ।
काठमाडौँ उपत्यकामा निर्माण भएका अस्थायी शौचालयबाट निस्क्ने फोहोरको प्रशोधन गर्न वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले वायोग्यास प्लाण्ट निर्माण गरेको हो ।
प्रशोधन केन्द्रका कार्यकारी दिर्नेशक लक्ष्मण जोशीका अनुसार उक्त केन्द्रबाट बायोग्यास मात्र नभई प्रशोधनका क्रममा निस्कने हुने पानीलाई शुद्धीकरण गरी करेसाबारीका प्रयोग गर्न सकिन्छ ।
कुल रु ४५ लाख लागतमा दुई रोपनी जग्गामा सो प्रशोधन केन्द्र स्थापना भएको हो । रासस