१२ चैत्र २०७२, शुक्रबार

ब्रसेल्स आक्रमणमा संलग्न ६ जना पक्राउ, ब्रसेल्स आक्रमण पेरिस घट्नासंग जोडिएको प्रहरीको अनुमान, फ्रान्समा पनि एक जना पक्राउ 

brusssels-attack-final

ब्रसेल्स आक्रमणमा संलग्न ६ जना पक्राउ परेका छन् । उनीहरु ब्रसेल्सबाटै पक्राउ परेका हुन् ।  बेल्जियमको राजधानी ब्रसेल्समा गएको मंगलबार भएको आक्रमणमा ३१ जनाको ज्यान गएको थियो । पक्राउ परेकाका बारेमा विस्तृत जानकारी खुलाईएको छैन ।

लगातारको विशेष अनुसन्धानपछि उनीहरु पक्राउ परेका ब्रसेल्स प्रहरीले जनाएको छ । ब्रसेल्समा भएको आक्रमण पेरिस घटनासँग जोडिएको अनुमान गरिएको छ । गएको वर्षको नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो । फ्रान्स प्रहरीले  ब्रसेल्स आक्रमणको योजना बनाएको आशंकामा एक जनालाई पक्रेको जनाएको छ ।

यस्तै ब्रसेल्स हमलामा बेल्जियमकै लापरवाही देखिएको अमेरिकाको आरोप छ । अमेरिकाका अनुसार उसले ब्रसेल्स हमलामा संलग्न दाजुभाइ ब्राहिम र खालिद बकरावीलाई निगरानी सूचीमा राखेको थियो । ब्राहिमलाई टर्कीले पनि गएको वर्षको जुन पहिनामा पक्राउ गरेको थियो । टर्कीका अनुसार ब्राहिमलाई गिरफ्तारपछि प्रत्यर्पण गरिएको थियो । टर्कीले उनी विदेशी लडाकु हुन सक्ने चेतावनी पनि दिए पनि बेल्जियमले नजरअन्दाज गरेको टर्कीको आरोप छ ।

LIVE TV