
पछिल्लो समयमा फिल्मका निर्माताहरुमा च्यारीटी शो गर्ने चलन बढिरहेको छ । बिक मुभिजमा फिल्म ‘राहदानी’को च्यारीटी शाको आयोजना गरीएको थियो । आयोजित ‘राहदानी’ फिल्मको च्यारीटि शोमा कृषि मन्त्रि हरीबोल गजुरेल पनि उपस्थित भएका थिए । बिदेशीएको नेपालीहरुको बास्तबिक कथाबस्तुहरुलाई मार्मीक ढाँचामा ‘राहदानी’ फिल्मले प्रस्तुत गरेको छ । ‘राहदानी’ फिल्म हेरीसकेपछि कृषि मन्त्रि हरिबोल गजुरेल बक्कानिएर रोए । ‘राहदानी’ फिल्मले मन्त्रि गजुरेलले मन छोएको बताए ।
नेपालीहरुले बिदेशीनुको बाध्यात्मक परिस्थिति र बिदेश गईसकेपछि भोग्नु पर्ने समस्याहरुलाई यथार्थ रुपमा ‘राहदानी’ फिल्मले प्रस्तुत गरेको छ । ‘राहदानी’ फिल्मको निर्देशक डब्बु क्षेत्रिले न्युज २४ टेलिभिजनको संवाददाता सँग कुरा गर्दै फिल्म ‘राहदानी’ले बास्तबिक नेपालीको कथाबस्तुलाई उतारेको र उक्त कथाबस्तुले मन्त्रि गजुरेलको मन छोएको हुनाले रोएको बताउँदछन् । फिल्म ‘राहदानी’ले बास्तबीक कथालाई पर्दामा उतारेको दर्शकहरुको प्रतिकृया पाईरहेको निर्देशक क्षेत्रिले बताए ।
त्यस्तै ‘राहदानी’ फिल्मका निर्माता लक्ष्मि प्रसाद ढकालले पनि मन्त्रि गजुरेल बिदेश गएको समयमा बिदेशीएको नेपालीहरुको जीवनीसँग मेल खाएको र कमलो मन भएको हुनाले फिल्म कृषि मन्त्रिको मन छोएको बताएका छन् । साथै निर्माताले सम्पुर्ण दर्शकहरुलाई बास्तबिक फिल्म ‘राहदानी’ रहेको बताएका छन् ।
बिदेशीएका नेपालीहरुको बास्तबिक कथालाई पर्दामा प्रस्तुत गर्ने फिल्म ‘राहदानी’लाई सञ्चारकर्मी डब्बु क्षेत्रिले निर्देशन गरेका हुन् । त्यस्तै निर्माताको रुपमा लक्ष्मि प्रसाद ढकाल रहेका छन् । ‘राहदानी’फिल्मको मुख्य कलाकारको रुपमा दयाहाङ राई, अशोक रीजाल, नविन लाम्साल, मोनिका दाहाल,बिकास जोसि, दिनेश दुलाल,लक्ष्मण बिक्रम बस्नेत लगाएतका कलाकारहरु रहेका छन् । फिल्म ‘राहदानी’ कामको शिलसिलामा बिदेशीएका नेपालीहरुले भोग्नु परेका समस्याहरुमा केन्द्रित रहेको छ । ‘राहदानी’फिल्ममा दयाहाङ राई र अशोक रीजालले दाजुभाईको भुमिकामा अभिनय गरेका छन् । उनिहरुले गरेको अभिनयले कृषिमन्त्रि हरीबोल गजुरेललाई नै रुवाएको छ । दयाहाङ राई र अशोक रीजालका साथै ‘राहदानी’ फिल्मका सम्पुर्ण कलाकारहरुले तारीफ योग्यनै अभिनय गरेका छन् ।