१२ चैत्र २०७२, शुक्रबार

फिल्म ‘चपली हाईट’को सिक्वेल `चपली हाइट २’ ले छायांकन नसकिँदै फिल्मको रिलिज मिति घोषणा गरेको छ । रोमान्टिक थ्रिलर भनिएको `चपली हाइट २’  फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् । निर्माता अर्जुन कुमारले आउँदो भदौ २ मा फिल्म रिलिज हुने बताए । फिल्मलाई काठमाडौं उपत्यकाभित्र पपकर्न पिक्चर्स र उपत्यकाबाहिर मनोज राठीले वितरण गर्नेछन् । छायाँकनमा रहेको यो फिल्ममा आयुष्मान डिएस श्रेष्ठ, परमिता राज्यलक्ष्मी राणा र मरिष्का पोखरेलले मुख्य भूमिकामा अभिनय गर्दै छन् ।

chapali-height2-mmchapali-height-2-movie-hqdefault

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV