१२ चैत्र २०७२, शुक्रबार

फिल्म ‘नाई नभन्नु ल ४’ को ‘माग्ने बनायौ’ नयाँ गीत रिलिज भएको छ । गीतमा संगीत बसन्त सापकोटाको छ भने शब्द डा. कृष्णहरी बरालको छ । त्यस्तै गीतमा स्वर भने प्रल्हाद तिमिल्सिना र ईन्दिरा जोशीले दिएका छन् । कोरियोग्राफी कविराज गहतराजको छ ।विकास आचार्य निर्देशित यो फिल्ममा पल, आँचल र बर्षासँगै अनुभव रेग्मी, प्रियंका कार्की, सरोज खनाल पनि लिड रोलमा छन् । फिल्ममा लगानी दिनेश पोखरेल र हरिबोल भण्डारीको छ । सार्वजनिक ‘माग्ने बनायौ’ बोलको गीतमा लिड कलाकार पल शाह, बर्षा राउत  र  आँचल शर्मा फिचरिङमा छन् । फिल्म चैत्र २६ बाट दर्शकमाझ आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV