
हरेक साता नेपाली फिल्मका निर्माताहरुले आफ्नो फिल्मलाई शुक्रबार दर्शकमाझ प्रस्तुत गर्ने गर्दछन् । यो साता बाट दुई नेपाली फिल्महरु ‘राहदानी’ र ‘आबेग’ दर्शकमाझ प्रदर्शनमा आएका छन् । साथै जोन अब्राहमको बलिउड फिल्म ‘रक्की हेण्डसम’ र हलिउड फिल्म ‘ब्याटम्यान भर्सस सुपरम्यान’ पनि यसै साता बाट रिलीजमा आएका छन् । फिल्म ‘राहदानी’ को निर्माण पक्षले दर्शकमाझ फिल्म प्रस्तुत गर्नु भन्दा पहिले फिल्मको बिशेष शो पनि गरेको थियो । ‘राहदानी’ फिल्मको बिशेष शो ले निकै राम्रो प्रतिकृया पनि पाएको छ । बिभिन्न कारणबस बिदेशीएका नेपालीहरुको कथा बस्तुलाई पर्दामा उतार्ने फिल्म ‘राहदानी’लाई लक्ष्मि प्रसाद ढकाल, रीयना पात्रबंश,रम्भा पाण्डे,कृष्ण चन्द्र झा, र अभिाषेकमान सिंहले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यस्तै फिल्मलार्इ सञ्चारकर्मी डब्बु क्षेत्रिले निर्देशन गरेका हुन् भने फिल्मको कथा लेखन पनि डब्बु क्षेत्रिकै रहेको छ । ‘राहदानी’फिल्मको मुख्य कलाकारको रुपमा दयाहाङ राई, अशोक रीजाल, नविन लाम्साल, मोनिका दाहाल,बिकास जोसि, दिनेश दुलाल,लक्ष्मण बिक्रम बस्नेत लगाएतका कलाकारहरु रहेका छन् । फिल्म ‘राहदानी’ कामको शिलसिलामा बिदेशीएका नेपालीहरुले भोग्नु परेका समस्याहरुमा केन्द्रित रहेको छ ।
‘राहदानी’फिल्ममा दयाहाङ राई र अशोक रीजालले दाजुभाईको भुमिकामा अभिनय गरेका छन् । दयाहाङ राई र अशोक रीजालका साथै ‘राहदानी’ फिल्मका सम्पुर्ण कलाकारहरुले तारीफ योग्यनै अभिनय गरेका छन् ।
यसै साता बाट बलिउड फिल्म ‘रक्की हेण्डसम’ पनि दर्शकमाझ प्रस्तुत भएको छ । फिल्म ‘रक्की हेण्डसम’ लाई निशीकान्त कमातले निर्देशन गरेका छन् भने फिल्मलाई सुनिर खेत्रपल र जोन अब्राहमले निर्माण गरेका हुन् । ‘रक्की हेण्डसम’ फिल्मको स्क्रीप्ट भने रीतेश शाहले लेखेका हुन् । फिल्म ‘रक्की हेण्डसम’ मा जोन अब्राहमका साथै श्रुति हसान, निशीकान्त कमात,सरद केलकर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै संगीत सन्नी बस्र र ईन्दर बस्रले दिएका छन्, द्धन्द भने सुनिल रोडिगस र रेचा काम्फाक्दिका रहेको छ ।
हलिउड फिल्म ‘ब्याटम्यान भर्सस सुपरम्यान’ पनि यसै साता बाट रिलीज भएको छ ।