१२ चैत्र २०७२, शुक्रबार

१. आफ्नो सहमति बेगर सचिव र सहसचिवको सरुवा गरिएकोमा लोकसेवा आयोगको आपत्ति, आयोगको संवैधानिक भूमिका निर्वाहमा बाधा पर्नेतर्फ सचेत हुन आग्रह ।

२. जनतान्त्रिक टाइगर नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख कैलाश ठाकुर धनुषामा पक्राउ, कांग्रेस कार्यकर्ताको गोली हानी हत्या गरेको अभियोगमा मुद्दा चलाइदै ।
३. नौ हजार वकिललाई चुनाव लाग्यो, २५ सीटमा ७१ जनाको उम्मेद्ध्वारी, नयाँ नेतृत्वका लागि मैनाली समूह र केसी समूह भिड्दै ।
४. राष्ट्रिय खेलकुद परिषद ग¥यो एन्फा कार्यसमिति चुनावको प्रस्ताव, ६ महिनाभित्र नयाँ साधारणसभा गर्न तदर्थ समितिलाई समय दिने ।
५. र, इराकका विभिन्न सहरमा आइएसविरुद्ध इराकी सेनाको भिषण आक्रमण, आइएसले कब्जा गरिराखेका क्षेत्रहरुलाई पुनः आफ्नो कब्जामा लिने प्रयास जारी ।

LIVE TV