१२ चैत्र २०७२, शुक्रबार

जनतान्त्रिक टाइगर नामक , कांग्रेस कार्यकर्ताको गोली हानी हत्या गरेको अभियोगमा मुद्दा चलाइदै ।

जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठाकुरमाथि गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र सोही दलका नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप छ । ठाकुरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Hatkadi_pakrau
प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताउनुभयो ।
सिरहा जिल्ला मिर्चैया नयरपालिका ६ का २० वर्षीय ठाकुरले त्यस सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यस्तै प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ ।

LIVE TV